ताजा अपडेट »

२३ रन जोडेर गुल्सन पनि आउट

सोमबार, १८ भदौ २०८०, १७ : ५०
12 Shares
सोमबार, १८ भदौ २०८०
12 Shares

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले गुल्सन झालाई छैटौँ विकेटको रुपमा गुमाएको छ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले गुल्सनलाई व्यक्तिगत २३ रनमा गुमाएको हो। गुल्सन भारतका मोहम्मद सिराजले गरेको ३१.५ ओभरमा विकेटकिपर इसान किसनबाट क्याच भएका हुन्।

जारी खेलको ३१.५ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।