ताजा अपडेट »

नेपाल भर्सेस भारत : २ रन जोडेर कुशल मल्ल आउट

सोमबार, १८ भदौ २०८०, १६ : ५४
62 Shares
सोमबार, १८ भदौ २०८०
62 Shares

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

२२.५ ओभरको समाप्तिमा नेपालले चौथो विकेट गुमाउने क्रममा कुशल मल्ल ५ बलमा २ रन जोडेर आउट भएका हुन् । 

यसअघि तेस्रो विकेट गुमाउने क्रममा २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका थिए । 
१६ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए  । उनले १७ बलमा ७ रन जोड । 

नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

२२.५ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०१ रन जोडेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।