माघ १५,
ग्लोबल आवाज
बुटवल । पछिल्ला वर्षहरुमा घर होस् या कार्यालय सबैतिर वातानुकूूल बनाउने अनिवार्य जस्तै बनेको छ । घर तथा कार्यालयमा वातावरणलाई वातानुकूल बनाउनका लागि एसीको प्रयोग बढ्दो छ । एसीको बढ्दो प्रयोग र व्यापारलाई मध्यनजर गरी नेपाली बजारमा विभिन्न कम्पनीका एसीहरु भित्राइएने क्रम बढ्दो छ । बिगत दस बर्ष देखि बिभिन्न उद्योग तथा टेडिङ ब्यावसाय संचालन गर्दै आएको चितवन स्थित भुलक्ष्मी ग्रुपले टेस्ला ब्राण्डमा एसीहरु आयात गरि नेपालमा बिक्रीबितरण गर्दै आईरहेको छ । हालै कम्पनिले नेपालमै पहिलोपटक सानो साइजमा पोर्टैबल एसी भित्राएको छ । टेस्ला निकोलाकुल नाममा उपलब्ध यो पोर्टेबल एसी (बोक्न मिल्ने वा एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने) आकारमा सानो, आकर्षक तथा नेपालका घर तथा कार्यालयका लागि अति उपयुक्त रहेको कम्पनीको दाबी छ ।
खरिद तथा जडानमा महङ्गो मानिने एसी प्राय सबै ठाउँमा जडान गर्न नसकिने तथा सारेर प्रयोग गर्न नमिल्ने खालका हुनेहँदा अन्य एसीको विकल्पमा यो पोर्टेबल एसी उत्तम रहेको कम्पनीका सिईओ किरण आचार्यले बताए । बिद्युतको खपत कमगर्नै तथा अन्तराष्टिय कुलिङ स्टिम जडित १.० टनमा उपलब्ध एस एसीमा कम्पनीले पुरा यूनिटमा १ वर्ष तथा कम्प्रेसरमा ३ वर्षको वारेन्टी समेत अपलब्ध गराएको छ । यस अघि कम्पनीले बिभिन्न क्षमताका टेस्ला वाल माउण्ट एसी, टेस्ला क्यासेट एसी, टेस्ला सिलिङ सस्पेन्सन, तथा फ्लोर स्टैण्ड एसी बजारमा ल्याईसकेको छ । कम्पनिले छिटैनै आफ्ना उत्पादनहरुलाई अन्य देशमा समेत निर्यात गर्ने बताएको छ ।
प्रतिक्रिया