ताजा अपडेट »

अर्घाखाँची जुकेना–रुपन्देही सम्पर्क समाजको दोस्रो साधारणसभा तथा तीज मिलन

सोमबार, १८ भदौ २०८०, १२ : ३३
34 Shares
सोमबार, १८ भदौ २०८०
34 Shares

बुटवल । अर्घाखाँची जुकेना–रुपन्देही सम्पर्क समाजको दोस्रा साधारणसभा तथा तीज मिलन कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सितगंगा नगरपालिकाकी उपप्रमुख गिता भाटले विभिन्न पेशा व्यवसायमा जिल्ला भन्दा बाहिर रहेका जुकेनाबासी एक हुनु पर्ने बताइन् ।

साथै उनले आफ्नो जन्मस्थानलाई सधै माया गर्न र विकासका लागि आवश्यक सहयोग गर्न आग्रह गरिन् । उपप्रमुख भाटले जिल्ला भन्दा बाहिररहेका सितगंगाबासीलाई कुनै समस्या परे आवश्यक सहयोग गर्न नगरपालिका र आफु तयार रहेको बताइन् । यस्तै सम्पर्क समाजका अध्यक्ष नुमेन्द्र पौडेलले अन्य समयमा आफ्ना पेशा व्यवसायका कारण सबै एकै ठाउँ जमघट हुने वातावरण नभएकाले तीज मिलन कार्यक्रमको आयोजना सो अवसर मिलाएको बताए ।

साथै आगामी दिनमा सम्पर्क समाजलाई अझ प्रभावकारी रुपमा अघि बढाइने अध्यक्ष पौडेलले बताए । कार्यक्रमको संयोजन सम्पर्क समाजका उपाध्यक्ष विष्णु पौडेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।