ताजा अपडेट »

कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको सुनुवाइ पूर्ण इजलासमा, को–को परे न्यायाधीश ?

सोमबार, १८ भदौ २०८०, ११ : ३५
18 Shares
सोमबार, १८ भदौ २०८०
18 Shares

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।  

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन लागेको हो । 

मुख्यमन्त्री उद्धव थापाले प्रदेशससभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । तर, उक्त कार्य असंवैधानिक भन्दै एमालेका हिक्मत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् । 

उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले आदेश भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।