ताजा अपडेट »

म्यानमारसँग खेल्ने नेपाली टोलीको घोषणा

आइतबार, १७ भदौ २०८०, १६ : ३४
156 Shares
आइतबार, १७ भदौ २०८०
156 Shares

काठमाडौं । म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटलबल टोलीको घोषणा गरिएको छ ।

आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप नेपालले यही भदौ २२ र २५ गते म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानरमारमै हुने खेलका लागि घोषणा गरिएको टोलीमा गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्कीलाई समावेश गरिएको छ ।

रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् भने मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन्।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।