ताजा अपडेट »

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २५ वर्षपछि पक्राउ

मंगलबार, १४ माघ २०७६, १९ : ३५
6 Shares
मंगलबार, १४ माघ २०७६
6 Shares

माघ १४,

ग्लोबल आवाज

दाङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर ११ कटाहा निवासी ५१ वर्षीय निमबहादुर पाण्डे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दाङ देउखुरी जिल्ला अदालतले २०५१ जेष्ठ १८ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद फैसला गरेको थियो । अदालतले दोषी ठहर गर्दै कैद सजाय फैसला गरेदेखि उनी फरार रहँदै आएका थिए । लुकीछिपी बसेको अवस्थामा मंगलबार बिहान तुलसीपुर बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कैद भुक्तानका लागि उनलाई अदालत उपस्थित गराइने प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।