ताजा अपडेट »

तिलोत्तमामा एक्सट्रिम तीज मिलन

शनिबार, १६ भदौ २०८०, ०८ : ४३
48 Shares
शनिबार, १६ भदौ २०८०
48 Shares

बुटवल । तिलोत्तमा एक्सट्रिम फिटनेस कल्बको आयोजनामा शुक्रबार तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा–१ ड्राइभरटोलमा सञ्चालित फिटनेशसले विद्यार्थीको शारीरिक र मानसिक स्वास्थयलाई ध्यानमा राख्दै तीजको अवसरमा नयाँ तथा पुराना विद्यार्थी बीच भेटघाट हुने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको प्रशिक्षक मनबहादुर रानाले बताए ।

‘माया पल्टनको लाहुरे’ बोलको चर्चीत गीतका कलाकार कला सुप्थिहाङ राईको विशेष उपस्थितीमा कार्यक्रम गरिएको थियो । ७० जना बढी सहभागी कार्यक्रममा राईले विभिन्न साँगेतीक प्रस्तुतीहरु दिएका थिए । प्रत्यक्ष रूपमा मानिसको आहार बिहार र व्यव्हारसंँग सम्बन्ध राख्ने मानव स्वास्थयलाई चुस्त दुरुस्त तथा सुगठित बनाउन कल्बले युवा जमात माझ विशेष लोकप्रियता हासिल गरेको उनले बताए । महिला विद्यार्थीका लागि जीवन साथि पार्वता रानाले जुम्बा प्रशिक्षकको रूपमा विशेष भूमिका निर्वाह गर्दै आएको प्रशिक्षक रानाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।