ताजा अपडेट »

तिनाउमा सप्ताहव्यापी खेलकूद जारी

मंगलबार, १४ माघ २०७६, १७ : ३०
20 Shares
मंगलबार, १४ माघ २०७६
20 Shares


माघ १४,

ग्लोबल आवाज

बुटवल । बुटवल–११ देवीनगरमा रहेको तिनाउ इंग्लिश बोर्डिंग स्कूलमा जारी सप्ताव्यापी खेलकूद कार्याक्रमको तेस्रो दिन मंगलबार विभिन्न खेलहरु भएका छन् । विद्यालय प्राङगण र एन्फा टेक्नोलोजीमा भएका प्रतियोगिताहरु मध्य प्ले गुप्रको बेलुन ब्रष्टमा ट्रिटेन पुन, बल पूट ईन बास्कोटमा ईभाना पन्थी र म्यूजीकल स्ट्याटुमा ट्रिटेन पुन, बिगिनर्स.९ नर्सरी, एल.के.जी., यु.केजी, बेलुन ब्रष्टमा छात्र तर्फबाट निरज बकुन्जे एल.के.जी स्टार र छात्रा तर्फबाट सिम्रन भट्टराई यू.के.जी रोज, बल पूट ईन बास्कोटमा छात्र तर्फबाट यू.के.जी सनका प्रन्जल ज्ञवाली, छात्रा तर्फबाट यू.के.जी मुनकी सेलीसा राना र म्यूजीकल स्ट्याटुमा छात्र तर्फबाट यू.के.जी स्टारका श्रिजन बिष्ट, छात्रा तर्फबाट यू.के.जी रोजकी सेलिना बस्नेत प्रथम भएका थिए ।

सब जुनियर ९ कक्ष्ँँ ज्ञ देखि कक्ष्ँँ घ सम्म ० को प्रतियोगिताहरु मध्य ईन अनउटमा छात्र तर्फबाट कक्षा ३ मुनदेखी आयूस ज्ञवाली, छात्रा तर्फबाट कक्षा २ स्टारदेखी अर्चना थापा, रनिग रेसमा छात्र तर्फबाट कक्षा ३ सनका अनमोल सिंजाली, छात्रा तर्फबाट कक्षा ३ मुनकी एश्वर्या कार्की, ड्रइङ्ग कम्पीटेसनमा छात्र तर्फबाट कक्षा ३ स्टारदेखी शुभम चालीसे, छात्रा तर्फबाट कक्षा २ सनदेखी स्प्रसिद्ध बस्नेत र म्याथ मेटिकल रेसमा कक्षा १ देखी जेनिसा थापा १ रोज, कक्षा २ देखी अञ्जीला श्रेष्ठ २ मुन र कक्षा ३ देखी प्रसिद्ध पैडेल ३ स्टार प्रथम भएका थिए । त्यसैगरी जुनियर ९ कक्षाको प्रतियोगिताहरुमा स्पीकिङ्गमा छात्र तर्फबाट कक्षा ५ स्टारका आर्जु बि.के, छात्रा तर्फबाट कक्षा ५ मुनकी पुजा बेलबासे, ईन आउटमा छात्र तर्फबाट कक्षा ५ स्टारका प्रतिक श्रेष्ठ, छात्रा तर्फबाट कक्षा ४ सनकी रेजिना सुनार, बल ड्रिबलिङ्गमा छात्र तर्फबाट कक्षा ६ सनका आशिस सुनार, छात्रा तर्फबाट कक्षा ५ स्टारकी सुन्जा राना, नेपाली डिवेट कम्पीटेसनमा कक्षा ४ सनकी अन्जना ज्ञवाली, ईङ्गलिस डिवेट कम्पीटेसनमा कक्षा ५ मुनकी पुजा बेलवासे, क्वीज कम्पीटेसनमा अन्नपूर्ण सदन प्रथम भएका छन ।

सिनियरतर्फको प्रतियोगिताहरुमा टेवल टेनिसमा छात्र तर्फबाट कक्षा ९ सनका प्रविन रसालीे, छात्रा तर्फबाट कक्षा ८ सनकी कृषा भट्टराई, ईङ्गलिस डिवेट कम्पीटेसनमा कक्षा ८ स्टारकी वर्षा पौडेल, नेपाली डिवेट कम्पीटेसनमा कक्षा ८ स्टारकी नमीता थापा, चेस कम्पीटेसनमा छात्र तर्फबाट कक्षा ८ स्टारका सविन थापा, छात्रा तर्फबाट कक्षा ९ सनकि निरुता श्रेष्ठ, स्लो साईकल रेसमा ८ स्टारका सागर टन्डन प्रथम हुन सफल भएका छन् । त्यसै गरी भोली हुने खेलहरुमा भलीबल, क्वीज सिनियर, पिचर ब्लास्ट लगायत थुप्रै खेलहरु रहेको जानकारी बिद्यालयका सहप्रचार्य ईश्वरी प्रसाद पाण्डेले दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।