ताजा अपडेट »

सामाजिक सद्धभाव कायम राखौं

शुक्रबार, १५ भदौ २०८०, १४ : ०७
239 Shares
शुक्रबार, १५ भदौ २०८०
239 Shares
                  

केही दिन अघि धरानमा गोरुको मासु काटेर खाएको विषयले देशभर खैलाबैला मच्चीयो । खैलाबैला मच्चीनु स्वभाविक पनि थियो किनभने एक त गाई हाम्रो राष्ट्रिय जनावर पनि हो अर्को कुरा गाई गोरुलाई हिन्दु समुदायले सांस्कृतिक र धार्मिक रुपमा पुज्ने प्रचलन पनि छ । गाईगोरुको मासु काटेर खाने विषय आफैमा निन्दनिय र घोर भत्र्सना युक्त कार्य पनि हो ।

नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरको दर्जा प्रदान गरेको छ । राष्ट्रिय जनावर नै काटेर खानु भनेको संविधानको अवहेलना मात्र होईन संविधानको उलङ्घनका साथै घोर अपराध पनि हो । नेपालको संबैधानिक व्यवस्था अनुसाार नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातिय रुपमा संविधानले परिभाषा गरेको छ यसको अर्थ संविधानले निदृष्ट गरेका ऐन कानुनको अवज्ञा गर्नु किमार्थ सहि हुन सक्दैन ।

राष्ट्रिय पहिचानका संवेदनशिल विषयमाथि हाकाहाकी धावा बोल्दै गोरुको मासु खाएका तस्विर सामाजिक संजालमा पोष्ट गर्ने समुहलाई सरकारले कानुनी कार्वाहीको अघि नबढाउनु दुभाग्र्यपुर्ण विषय हो । यस्ता घटनाले धार्मिक साम्प्रदायिकतालाई बढवा गर्न सक्छ तसर्थ कानुनी प्रक्रियालाई अघि बढाउन जरुर छ । वास्तवमा नेपालको संविधान प्रति नेतृत्व पङ्तीनै जवाफदेही छैनन भन्ने कुराको यस घटनाले पुष्टि गर्दछ । कहिले राष्ट्रिय झन्डा जलाउने, त कहिले गाई काट्ने, कहिले देशको बारेमा बिबादित विषय उठ्ठान गर्ने । यस्ता अमर्यादित र अशोभनिय कार्य गर्ने समुहहरु सक्रिय भएको देखिन्छ ।

सरकार गम्भीर भएर यस्ता समुह पहिचान गरी कानुनी कार्वाही अघि नबढाउने हो भने देशमा हिंसा र साम्प्रदायिकता नबढ्ला भन्न सकिन्न । मिलेर बसेको समाजलाई भाड्न र द्धन्द्ध सृजना गर्न अतिरञ्जीत समुहहरु सक्रिय भएको देखिन्छ । हालै धरानको घटनाले सबैको ध्यान केन्द्रित गरेको छ । प्रशासनले निषेधाज्ञा जारी नगरेको भए धरानमा सामाजिक र धार्मिक हिंसा भड्किने आंकलन आम बौद्धिक जगतले गर्न थालेका छन् । बहुसंख्यक हिन्दु समुदाय संवेदनशिल छन् । त्यसमा पनि मुस्लिम, बौद्ध, शिख, जेन लगायतका धार्मिक सम्प्रदाय नेपालको सामाजिक एकतामा रचनात्मक भुमिका निर्वाह गरेका छन् । समस्या सानो सङख्यामा रहेका अतिवादीहरु र जातीयतावादीहरुमा देखिएको छ ।

२०७८ सालको जनगणना अनुसार हिन्दु ८१.१९ , बौद्ध ८.२१ , मुस्लिम ५.०९ , किरात ३.१७ र इसाई १.७६ रहेका छन । तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने धर्म परिवर्तनले बौद्ध र किरात समुदाय माथि आक्रमण गरेको देखिन्छ । जसमा जातीवाद र नष्लवाद प्रमुख मतियारको रुपमा प्रयोग भएको देखिन्छ । विभिन्न प्रलोभन र अवाञ्क्षित महत्वकांक्षाका कारण गरिबी समाजमा धर्मान्तरण बृद्धि भएको सजिलै महसुश गर्न सकिन्छ । विविधतात्मक संस्कृति, वहुभाषी, वहुधार्मिक शब्दावलीलाई उपभोग गर्दै सामाजिक एकता खल्बलाउन केही समुहहरु संस्थागत रुपमा लागेको कुरा पत्रपत्रिका र अखवारहरुमा देख्न पढ्न पाईन्छ ।
बहुसंख्यक हिन्दु समुदायको मुटुमा छुरा चलाउँदै रातारात युरोपियन र स्केन्डेभियसन मुलुकहरुको दबाबमा धर्मनिरुपेक्षता लाद्नु नेतृत्वको गलत निर्णय थियो ।

धर्मनिपेक्षताको साटो धार्मिक स्वतन्त्रता भन्ने शब्दावली उल्लेख गरेको भए विश्वको एकमात्र पहिचान हिन्दु राष्ट्र देशकै लागि गर्वको विषय बन्ने थियो । भर्टिकन, मक्का मदिनाको पहिचान विश्वमानचित्रमा बनिरहँदा हिन्दु, बौद्ध र किरातको ओमकार सभ्यतालाई नामिट पार्नु किमार्थ बहादुरी थिएन । यिनै हाम्रा कमीकमजोरी माथि परचक्रेहरुले खेल्ने अबसर पाए । राष्ट्रिय जनावरलाई भोगविलासमा सिमित पार्नु धार्मिक र राष्ट्रिय द्धन्दको विज विजारण हो । जनताको रोझाईमा परेका धराने मेयर हर्क साम्पाङ राई निश्चित जाती र धर्मका पछाडि केन्द्रित हुनु धरानका लागि अशोभनिय ठहरनेछ । जननिर्वाचित प्रतिनिधी जनताको पक्षमा उभिनु पर्दछ । सबै जात, धर्म र लिङ्ग विशेषलाई स्वम्भूका पवित्र नयनबाट हेर्न जरुर छ ।

सनातन संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व हो । सबैले आआफ्ना धर्म, संस्स्कार, रितिरिवाज सुसंस्कृत ढंगबाट पालना गर्नुपर्दछ । यो बेला धराने मेयर अनागल विषयमा प्रवेश गरेर चुकेका छन् । नेपालीहरुको सामाजिक सद्धभावमा गहिरो ठेस पुगेको छ । धार्मिक र जातिय सहिसुर्णता सबैले कायम गर्नुपर्दछ । धर्म निरुपेक्षता शाब्दिक रुपमा धार्मिक स्वतन्त्रता नभएपनि कोहि कसैले पन्थ निरुपेक्षताको आडमा आफ्नो बर्चश्व वा धर्मान्त्रण गर्न पाइने छैन ।

यसलाई राज्यले गैरकानुन मान्नुपर्दछ ।धरानको घटनाबाट पाठ सिकेर अतिरञ्जीत समुहलाई नियन्त्रण गर्दे कानुनी सजाय दिलाउनु आजको आवश्यकता हो । राष्ट्रिय पहिचानका धरोहरहरुलाई सम्मान गर्नु नागरिक दायित्व पनि हो । संविधानको परिपालना, ऐन कानुनको परिपालना, विधि र न्यायको उपयोगितामा आधारित भएर सामाजिक एकताको पक्षमा उभिनु सबैको आवश्यकता हो । सामाजिक सद्धभाव सबैले संयमित भएर कायम राखौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।