माघ १४,
ग्लोबल आवाज
बुटवल । बुटवल–११ नहरपुरमा रहेको जानपुञ्ज इङलीश वोर्डिङ स्कूलमा माघ १२ गतेदेखि खेल महोत्सव जारी रहेको छ । महोत्सवको तेस्रो दिन मंगलबार सनियर छात्र छात्राको हाइजम्प, सर्टफुट, भलिवल, कवड्डी लगाएतका खेल सम्पन्न भएका छन् । साथै सबजुनियर छात्र छात्राको मार्वल कलेक्सन, स्पोन रेस, बेलुन डान्स, बेलुन ब्लास्ट लगाएतका खेल भएका छन् ।
आज भएको कवड्डीतर्फ एल्लो हाउस प्रथम, व्ल्यु हाउस द्वितिय र रेड हाउस तृतीय भएका छन। लङजम्पतर्फ विश्वास थापा, छवि दर्लामी, आशिष आचार्य क्रमशः प्रथम, द्वितिय र तृतीय भएका छन् भने छात्रातर्फ सृष्टी पाण्डे, दिक्षा वि. क., प्रज्वोलीका क्रमशः प्रथम, द्वितिय र तृतीय भए । त्यसैगरी जुनियर तर्फ भएको कक्षागत मार्वल कलेक्सनमा कक्षा १ बाट दिवस राना, स्पर्स भुसाल आयुस सिंजापती क्रमशः प्रथम, द्वितिय र तृतीय भए । कक्षा २ बाट सलिना दर्लामी, अमित चौधरी, आयुष सुनार क्रमशः प्रथम, द्वितिय र तृतीय भए । कक्षा ३ बाट एन्जलजि. एम., प्रविन भुसाल, समर रम्तेल क्रमशः प्रथम, द्वितिय र तृतीय भए । कक्षा ४ र ५ बाट क्रमशः अनिष खड्का, सागर थारु, चिरन्जिवि भुसाल क्रमशः प्रथम, द्वितिय र तृतीय भए ।
पूर्वप्रथामिक तर्फ बेलुन डान्सतर्फ क्रिस्मा महत, एलिसा थापा, क्याट्रिन के. सी., एलिस थापा, सुरन घर्ती, जिसन बस्याल क्रमशः प्रथम, द्वितिय र तृतीय भए । स्पुन रेसमा के. जी. बाट रोहित वि. क., रिदम न्यौपाने, सलिना जिएम क्रमशः प्रथम, द्वितिय र तृतीय भएका छन् । यसैगरी सिनियर छात्रातर्फ सर्टपुटमा छवि दर्लामी, प्रशान्त थापा र गणेश थापा क्रमशः प्रथम, द्वितिय र तृतीय भए । ६ र ७का बीच भएको सर्टपुटमा क्रमशः दिलिप चौधरी, अङ्कित थापा र मनोज थापा क्रमशः प्रथम, द्वितिय र तृतीय भएका छन् ।छात्रा तर्फको हाइजम्प प्रतियोगीतामा प्रकृती थापा, सन्ध्या सुनार र सावित्रा कुँवर क्रमशः प्रथम, द्वितिय र तृतीय भए । हाइजम्प छात्रतर्फ सन्देश पाण्डे, सुवास अधिकारी र विश्वास थापा क्रमशः प्रथम, द्वितिय र तृतीय भए ।
खो खो सिनियर छात्रतर्फ ब्ल्यु हाउस प्रथम र एल्लो हाउस द्वितिय भएका छन्। सिनियर छात्रातर्फको सर्टपुटमा कमला अधिकारी, दीक्षावि. क. र प्रज्वलीका न्यौपाने क्रमशः प्रथम, द्वितिय र तृतीय भएका छन् । कक्षा ६ र ७ का छात्रातर्फ भएको सर्टपुटमा सन्ध्या सुनार, दीक्षान्यौपाने र अन्सु घर्ती क्रमशः प्रथम, द्वितिय र तृतीय भएका छन् । यसैगरी सिनियर छात्रतर्फको भलिबल प्रतियोगीतामा ब्ल्यु हाउस प्रथम भयो भने र दोस्रोमा एल्लो हाउसले बाजी मार्यो । यसैगरी सिनियर छात्रातर्फको भलिबल प्रतियोगीतामा ग्रीनहाउस प्रथम भयो भने र दोस्रोमा एल्लो हाउसले जितेको छ।
यही माघ १७ गतेसम्म सञ्चालन हुने खेल महोत्सवमा ५० भन्दा बढी खेलमा १ हजार ४ सय भन्दा बढी विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने इ. सि. ए. कोर्डिनेटरले जानकारी दिए । विद्यार्थीमा अन्तनिर्हित शारिरिक विकास गर्ने उद्देश्यले सञ्चालित उक्त खेलमहात्सवको छैठौँ दिन अर्थात माघ १६ गते सरस्वती पुजाको दिन नया विद्यार्थीहरुलाई अक्षराम्भ गराउने कार्यक्रम रहेकाले सो दिन भर्ना हुने विद्यार्थीहरुलाई विशेष छुट सहितको प्याकेजको व्यवस्था रहेको विद्यालयका प्राचार्य तोयाराम पौडेलले बताए । खेल सप्ताहको समापन १७ गते हुने समेत प्राचार्य पौडेलले बताए ।
प्रतिक्रिया