ताजा अपडेट »

टी-२० विश्वकप छनोट : मलेसियामाथि नेपालको रोमाञ्चक जित

विहीबार, १४ भदौ २०८०, ११ : ३२
32 Shares
विहीबार, १४ भदौ २०८०
32 Shares

काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालकाे सेमिफाइनल सम्भावना मजबुत बनेको छ ।

नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

मलेसियाको लागि कप्तान विनीफ्रेड दुराईसिंघमले ३९ बलमा १ चौकासहित सर्वाधिक २८ रन बनाइन् । ओपनर ऐना आमिजाह १४, वान जुलिया वान रोशी २ र मास एलिसा १० रनमा आउट भइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपाली सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रनमा रहिन् ।

मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।