काठमाडौँ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन्। हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।
सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो। उनको संलग्नताबारे प्रहरीले बताएको छैन। पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल छन् ।
प्रतिक्रिया