ताजा अपडेट »

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

बुधबार, १३ भदौ २०८०, १२ : ३२
20 Shares
बुधबार, १३ भदौ २०८०
20 Shares

काठमाडौँ। अरिङ्गालको टोकाईबाट स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको मृत्यु भएको छ ।

मङ्गलवार साँझ घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई अरिङ्गालले टोकेर घाइते भएका थिए ।

स्थानीयको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो ।

उपचारका क्रममा राति एक बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।