काठमाडौँ। नेकपा एमालेका शीर्ष नेताहरु जनकपुर अवतरण भएका छन् ।
सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर पुगेका हुन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो। एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदै छन् ।
एमालेले तत्कालीन नेकपा (माले) को २०४७ सालमा चौँथो महाधिवशेन भएको उक्त स्थलमा यही भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण आजका लागि सारेको थियो। सो बैठक आज बिहान ११ बजे बस्ने भनिएपनि नेताहरु समयमा पुग्न नसक्दा ढिलाई भएको छ ।
प्रतिक्रिया