ताजा अपडेट »

माछापुच्छ्रे बैंकको बोनस सेयर घोषणा

बुधबार, १३ भदौ २०८०, १२ : २०
20 Shares
बुधबार, १३ भदौ २०८०
20 Shares

काठमाडौ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७०% नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष यस बैंकको सेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।