ताजा अपडेट »

ज्ञानपुञ्जमा सप्ताहव्यापी खेल महोत्सव जारी

मंगलबार, १४ माघ २०७६, १२ : ५९
8 Shares
मंगलबार, १४ माघ २०७६
8 Shares

माघ १४,

ग्लोबल आवाज

बुटवल । वुटवल-११ नहरपुरमा रहेको जानपुञ्ज इङलीश बोडीङ स्कूलमा १२ गतेदेखि सप्ताहव्यापी खेल महोत्सव जारी रहेको छ । १७ गते शुक्रबारसम्म हुने खेल महोत्सवमा ५० भन्दा बढी खेलमा १ हजार ४ सय भन्दाबढी विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने इ. सि. ए. कोर्डिनेटरले जानकारी दिए ।विद्यार्थीमा रहेको अन्तनिर्हित शारिरिक विकास गर्ने उद्देश्यले सञ्चालित उक्त खेलमहात्सवको छैठौँ दिन अर्थात माघ १६ गते वृहत सरस्वती पूजनोत्सव एवं नयाँ विद्यार्थीहरुलाई अक्षराम्भ गराउने कार्यक्रम रहेकाले उक्त दिन भर्ना हुने विद्यार्थीहरुलाई विशेष छुट सहितको प्याकेजको व्यवस्था रहेको विद्यालयका प्राचार्य तोयाराम पौडेलले बताएका छन् ।

सप्ताहव्यापी खेल अन्तर्गत सिनियर छात्रछात्राको हाइजम्प, सर्टफुट, भलिवल, कवड्डी लगाएतका खेल भएका थिए । भने सबजुनियर छात्रछात्राको मार्वल कलेक्सन, स्पोन रेस, बेलुन डान्स, बेलुन ब्लास्ट लगाएतका खेल सम्पन्न भएका छन् । साथै १२ र १३ गते सम्पन्न कवड्डीतर्फ एल्लो हाउस प्रथम, व्ल्यु हाउस द्वितिय र रेड हाउस तृतीय भएका छन। लङजम्प तर्फ विश्वास थापा , छवि दर्लामी, आशिष आचार्य क्रमस प्रथम, द्वितिय र तृतीय भएका छन् भने छात्रातर्फको सृष्टी पाण्डे, दिक्षा वि. क., प्रज्वोलीका क्रमशः प्रथम, द्वितिय र तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी जुनियर तर्फ भएको कक्षागत मार्वल कलेक्सनमा कक्षा १ बाट दिवस राना, स्पर्स भुसाल आयुस सिंजापती क्रमस प्रथम, द्वितिय र तृतीय भएका छन् । कक्षा २ बाट सलिना दर्लामी, अमित चौधरी, आयुष सुनार क्रमशः प्रथम, द्वितिय र तृतीय भए भने कक्षा ३ बाट एन्जल जि. एम., प्रविन भुसाल, समर रम्तेल क्रमशः प्रथम, द्वितिय र तृतीय भए ।

त्यस्तै कक्षा ४ र ५ बाट क्रमशः अनिष खड्का, सागर थारु , चिरन्जिवि भुसाल क्रमशः प्रथम, द्वितिय र तृतीय भए । पूर्वप्रथामिक तर्फ बेलुन डान्सतर्फ क्रिस्मा महत, एलिसा थापा, क्याट्रिन के. सी., एलिस थापा, सुरन घर्ती, जिसन बस्याल क्रमस प्रथम, द्वितिय र तृतीय भए । स्पुन रेसमा के.जी. बाट रोहित वि. क., रिदम न्यौपाने, सलिना जिएम क्रमस प्रथम, द्वितिय र तृतीय भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।