बुटवल । प्रगतिशील लोकतान्त्रिक बिकल्पका लागि जन संबाद बिषयक एक दिबशिय बृर्हत अन्तरक्रिया कार्यक्रम यही भाद्र १८ गते बुटवलमा हुने भएको छ । बैकल्पिक राजनीति पुनः गठन अभियान ,नेपाल लुम्बिनी प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागी हुन केन्द्रीय कार्यदलका अभियान्ताहरु डम्बर खतिवडा , केसब दहाल, मुमाराम खनाल , प्रशान्त सिंह, असोक श्रेष्ठ , सुरेन्द्र चौधरी आउने भएका छन् ।
अभियानको दोश्रो चरणको कार्यक्रम अन्तर्गत यही भाद्र १७ गते नबलपरासीको बर्दघाट, १८ गते रुपन्देहीको बुटवल , १९ गते कपिलवस्तुको तौलिहबा, २० गते दाङ्गको लमही , २१ गते बाकें को नेपालगंज, २२ गते बर्दियाको गुलेरिया,२३ गते कैलालीको अतेरिया, २४ गते धनगढीमा राजनैतिक संबाद हुने अभियानको केन्द्रीय कार्यालयले जनाएको छ । अभियानले असौजको तेस्रो साता सम्म राष्ट्रिय भेलाको आयोजना गरि बितेको एक बर्षको दौरानमा भए गरेका राजनैतिक र बैचारिक र संङ्गठनात्मक कामको समग्रमा समिक्षा गरि आगामी निति तथा कार्यक्रम तय गर्ने केन्द्रीय कार्यदलका सदस्य नारायण खनालले जानकारी दिए।
प्रतिक्रिया