ताजा अपडेट »

राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति राष्ट्रिय सभा अध्यक्षको असन्तुष्टि

मंगलबार, १२ भदौ २०८०, १६ : २१
32 Shares
मंगलबार, १२ भदौ २०८०
32 Shares

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टी जनाएका छन् ।

काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तीका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाएको हो। उनले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको टिप्पणी गरे। उनले योजनावद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको दाबी गरे । उनले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्चका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताए । उनले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकिकृत योजनाहरु सुझाउन नसकेको आरोप लगाए। उनले संसदीय समितिसंग आयोगको समन्वयप्रति पनि असन्तुष्ठी जनाए।

उनले वाह्य देशबाट प्राप्त हुने सहयोग सहयोग पनि सरकारले लिन नसकेको टिप्पपणी गरे । वैदेशिक सहयोगलाई पक्षपाती ढंगले हेर्ने र मन्त्रालयमा फाईल अड्काउने शैलीले मुलुकको समुन्नत विकास हुन नसक्ने तर्क गरे । अध्यक्ष तिमिल्सिनाले अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु पूरा गर्न इमान्दारीपूर्वक योजना बनाउनुपर्ने पनि जोड दिए। उनले आफूसँग वैदेशिक सहयोगका लागि विभिन्न देशका लगानीकर्ता आएर कुराकानी गरेपनि सरकारको कार्यशैलीका कारण खुला ढंगले स्वीकार गर्ने वातावरण नबनेको गुनासो गरे ।

उनले सम्मुन्नत विकासका लागि सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित बजेट बनाउनुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।