काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट फिर्ता हुनुपर्ने बताए।
केही विषयमा राजनीतिक सहमतीको आवश्यक्ता समेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने उनको तर्क थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गैरेले संसदमा पेश गरिएको सो विधेयक कानून निर्माणका लागि योग्य नभएकाले पनि सरकारले त्यसलाई फेरी फिर्ता लिएर पुनर्लेखन गरी संसदमा पेश गर्नुपर्ने बताए ।
सांसद गैरेले सो विधेयक पुनर्लेखन नगरी संसदमा पेश गर्न मिल्ने खालको नभएको जिकिर समेत गरे ।
प्रतिक्रिया