ताजा अपडेट »

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु हुँदैनः रमेश लेखक

मंगलबार, १२ भदौ २०८०, १४ : ५६
106 Shares
मंगलबार, १२ भदौ २०८०
106 Shares

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु नहुने धारणा राखे ।

मंगलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन्। उनले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समुहलाई उनीहरुको मुद्दा खारेज गर्नेगरी पारित गर्नु नहुने बताए। यसको लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने बताए।

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रश्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनःविचार गर्नुपर्ने बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।