काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरण लगायत सबै घटनामा राज्यले निष्पक्ष रुपले छानबिन गरिरहेको बताए।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद अशिम साहको जवाफ दिँदै प्रधानमन्त्री दाहाले भूटानी शरणार्थी प्रकरण लगायतका सबै घटनाहरुमा दबाबरहित र निष्पक्ष रुपमा छानविन भइरहेको बताए। उनले आफूले सरकारको नेतृत्व गरेसँग सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाएको बताए । उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत, कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको पनि बताए ।
प्रधानमन्त्री दाहालले सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।
प्रतिक्रिया