ताजा अपडेट »

सरकारले सुशासनको पक्षमा चालेका कदमप्रति सबैले साथ दिनुपर्छः वर्षमान पुन

मंगलबार, १२ भदौ २०८०, १३ : २०
78 Shares
मंगलबार, १२ भदौ २०८०
78 Shares

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरुमा साथ दिन सबै पक्षसँग आग्रह गरे।

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उनको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिँदै आएका पछिल्लो अभिव्यक्तिको पनि प्रशंशा गरे। उनले राज्य शक्तिको दुरुपयोग हुन नदिने गरी सरकारले सुशासनको पक्षमा चालेको कदमहरुलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्यए।

उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्य सत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।