ताजा अपडेट »

प्रधानमन्त्री दाहाल आफैँ मुलुकमा सामाजिक सद्भाव भड्काउने कार्यमा संलग्न छन्ः एमाले

मंगलबार, १२ भदौ २०८०, १२ : ५३
20 Shares
मंगलबार, १२ भदौ २०८०
20 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति संविधान विपरित र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उनले सो अभिव्यक्तिप्रति निन्दा र भत्र्सना समेत गरे । प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भडकाउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोप समेत लगाए ।

प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिर समेत गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।