ताजा अपडेट »

सरकारले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद कार्की

मंगलबार, १२ भदौ २०८०, १२ : ४६
18 Shares
मंगलबार, १२ भदौ २०८०
18 Shares

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरे।

डेंगु रोगबाट गृहजिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको पछिल्लो तथ्यांक प्रश्तुत गर्दै उनले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरा । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावह रुपमा फैलिएको यो रोगबाट उपचारको अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकार सचेत भएर लाग्नुपर्ने आवश्यक्ता समेत औंल्य ।

सांसद कार्कीले डेंगु रोग नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।