बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तीन महिने जनतासँग माओवादी बिशेष रूपान्तरण अभियानको तयारीको बैठक कपिलवस्तु जिल्लाको शुद्वोदन गाउँपालिकाको पुर्ण बैठक सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य किस्मत विश्ववकर्माले नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न माओवादीलाई गा्रँउ गाउँ टोल टोलबाट मजबुत गराउन आवश्यक रहेको बताए । जनयुद्धको कारणले नै संबिधान सभाबाट संबिधान बनाईएको र बिशेष गरि अधिकार बाट बन्चित रहेका जनतालाई अधिकार दिलाउने काम भएकोले संबिधानलाई संस्थागत गर्दै संबिधानलाई पुर्ण लागु गराउन पनि माओवादीको सशक्त उपस्थिति आवश्यक रहेको बताए ।
संबिधानमा रहेको मौलिक हक शिक्षा स्वास्थ र रोजगारको ग्यारेन्टीलाई लागु गराउन माओवादी देशको नेतृत्व रहनु आवश्यक रहको बताउदै मुलुकको बिकास र समृद्धि माओवादीले मात्रै सक्ने हुँदा माओवादीलाई नेपाली जनताको जनजनमा पुराउनु आवश्यक रहेको बताए । सो अवसरमा लुम्बिनी प्रदेशका सदस्य नारयण भुषाल, तेम नारयण यादवले आफनो बिचार राखेका थिए ।
प्रतिक्रिया