ताजा अपडेट »

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छुः सभापति सुवेदी

सोमबार, ११ भदौ २०८०, १६ : ५५
56 Shares
सोमबार, ११ भदौ २०८०
56 Shares

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिकि नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएका छन्।

सोमवार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएको हो । उनले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरे । उनले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने पनि बताए। समितिको निर्देशनहरुलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने पनि उनले बताए।

उनले भने – ‘हामी समितिको तर्फबाट पहल गर्छौ र निर्णयहरुलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनको निम्ति लागि पर्छौ । म आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्छु । अहिलेसम्म समितिले पूर्णता नपाइसकेको कारणले गर्दा पनि अलिकति ढिला भएको हो । अब समितिले पूर्णता पाइसकेपछि सरकारले समितिले गरेका निर्णयहरुको कार्यान्वयनका निम्ति गम्भिरतापूर्वक ध्यान दिनेछ भन्ने विश्वास मैले लिएको छु । र त्यसको कार्यान्वयन गराउनका लागि हाम्रो तर्फबाट एकदमै धेरै पहल गर्नेछौँ । विधेयकलाई पास गराउनको निम्ति समितिले छिटोभन्दा छिटो पास गराउनको निम्ति हामी पहल गर्छौ । मलाई विश्वास छ पास हुन्छ । समितिका सबैको साथ, सहयोगबाट यो पास हुन्छ भन्ने मलाई विश्वास छ ।’

सभापति सुवेदी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद हुनुहुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।