ताजा अपडेट »

क्युवाका ५८ वर्षीय पार्कर ७ महिनामै स्टार बने

सोमबार, ११ भदौ २०८०, १२ : २७
12 Shares
सोमबार, ११ भदौ २०८०
12 Shares

काठमाडौँ । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् ।

पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय अवरोध पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने हुन्छ । शुरुमा आफू धेरै वृद्ध भइसकेकाले नसकिने हो की भन्ने सोच आएपनि अभ्यास गर्दै गएपछि सहज बन्दै गएको बताए। उनले उमेर मुख्य बाधक बन्न नसक्ने भन्दै आफूलाई आत्मबलले भरिपूर्ण गर्ने हो भने खेलबाट स्वस्थ जीवन जिउन सकिने बताउ। उनको शारीरिक स्वस्थतासँग अहिले देश त्था विदेशका धेरै जना लोभिएका छन् । ७ महिनाअघि मात्र भिडियो हेरेर र पढेर पार्करमा लागेका थिए।

उनले आफ्ना भिडियो सामाजिक सञ्जालमा पनि राख्ने गर्छन् । सामाजिक सञ्जालमा अहिले उनलाई फलो गर्नेहरुको संख्या ५० हजार बढी रहेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।