ताजा अपडेट »

समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा भएको छः माधव नेपाल

आइतबार, १० भदौ २०८०, १६ : ४१
58 Shares
आइतबार, १० भदौ २०८०
58 Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताए। उनले देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको बताए । उनले देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा पनि अनेक व्यवधान खडा भइरहेको बताए । प्रतिकुल काम गर्ने र अवरोधमुलक काम गर्नेहरुसँग जुध्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘संविधानमा लेखिएका कुराहरु व्यवहारमा लागू गर्न बाँकी नै छ । यी सबै परिवेशमा विस्तृत डिस्कोर्सको आवश्यकता छ । विस्तृत छलफल बहसको आवश्यकता छ । अहिले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको छ । यही दलाल नोकरशाही पुँजीवाद भन्नुहोस्, वित्तीय पुँजीवाद भन्नुहोस्, यसले सर्वहारा श्रमजीवि जनता आम नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेका छन् । देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा गरेका छन् । देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा अनेक अवरोधहरु खडा गरेका छन् । ती सबै प्रतिकुल काम गर्ने, अवरोधमुलक काम गर्ने, ति प्रवृत्तिहरुका बिरुद्धमा हामीले जुध्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष नेपालले नेता, कार्यकर्ताहरु घुलमिल हुनुपर्ने आवश्यकता रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।