ताजा अपडेट »

सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेलको उम्मेदवारी

आइतबार, १० भदौ २०८०, १५ : २४
20 Shares
आइतबार, १० भदौ २०८०
20 Shares

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । 

सोही क्रममा सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । 

पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् । 

संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।