ताजा अपडेट »

राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस

आइतबार, १० भदौ २०८०, १५ : ०७
14 Shares
आइतबार, १० भदौ २०८०
14 Shares

काठमाडौँ । राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ ।

राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस गरेको हो । त्यसैगरी उनले ‘विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गरे । त्यस अवसरमा सभापति राईले सभाले सो विधेयकमाथि गम्भिर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रिय सभाको अर्को बैठक भदौं १८ गते सोमवार अपरान्ह १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।