काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन सम्बन्धि विधेयक २०८०’ प्रमाणिकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणिकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो । आईतवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए।
उनले भने, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युबाट नेपालको संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकको थान १ यसैसाथ पठाइएको व्यहोरा अनुरोध छ । मुलुकी संहीता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन सम्बन्धि विधेयक २०८० । प्रमाणीकरण मितिः २०८०र४र१२ ।’
अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गरेको हो ।
प्रतिक्रिया