माउई । अमेरिकको माउईस्थित हवाई टापुमा लागेको डढेलोले पर्यटन उद्योगमा असर परेको छ ।
डढेलोका कारण पर्यटकहरुमा गिरावट आएको हो । अगस्ट ८ मा शुरु भएको डढेलो एक शताब्दी यताकै ठूलो प्राकृतिक प्रकोप हो । यसबाट कम्तिमा ११५ जनाको मृत्यु भएको बताए । डढेलोले माउईको लोकप्रिय पर्यटकीय स्थल र कुनै समय हवाइ राज्यको राजधानी रहेको ऐतिहासिक शहर लाहाइनाको धेरै भाग जलेको थियो । हवाईका अधिकारीहरुले पर्यटकहरुलाई प्रकोपका कारण माउइको यात्रा नगर्न आग्रह गरेका छन् । डढेलो लाग्नु भन्दा पहिला दैनिक ६ देखि ७ हजार ५ सय मानिस उक्त टापुमा जाने गरेपनि अहिले पर्यटकहरुको भ्रमण कम हुँदै गएको छ ।
प्रतिक्रिया