माघ १३,
ग्लोबल आवाज
बुटवल । बुटवल–१२ तामनगर स्थित न्यू भिजन माविमा खाना महोत्सव सम्पन्न भएको छ । विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको विद्यालयका सह–प्राचार्य कमल खनालले बताए ।
सोमबार सम्पन्न खाना महोत्सवमा कक्ष ६देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण् आचार्यले बताए । खाना महोत्सवमा विद्यार्थीहरु नेपाली,इण्डियन,चाइनिज,थारु,नेवारी लगाएतका परिकारहरु तयार गरेका थिए । विद्यार्थीले तयार गरेका खाना विद्यालयका अन्य विद्यार्थी,शिक्षक,कर्मचारी,अभिभावक लगाएतले खाएका थिए ।
खाना जस्तो अत्यावश्यक र महत्वपूर्ण व्यवहारिक सीपका लागि विद्यार्थीहरुलाई सहभागिता गराउने उद्देश्य अनु्सार आयोजना गरिएको महोत्सवमा विद्यार्थी तथा अभभिावकको उत्साहजनक सहभागिता रहेको विद्यालयका प्राचार्य केशव श्रीषले बताए । महोत्सवमा ९ वटा स्टल सहभागि रहेका थिए ।
प्रतिक्रिया