ताजा अपडेट »

ललिता निवास जग्गा प्रकरण: सचिव कृष्ण बहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय

आइतबार, १० भदौ २०८०, ११ : ५८
32 Shares
आइतबार, १० भदौ २०८०
32 Shares

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर गत मंगलबार प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दिएको थियो तर, जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले राउतसमेतलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको बताए । 

यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव  वैद्यलाई पनि प्रतिवादी बनाइएको छ। यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको न्यौपानेले बताए । 

ललिता निवास जग्गा प्रकरण अनुसन्धानका लागि राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो। तर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि रिहा भएका थिए ।

शाखा अधिकृत छँदा ललिता निवासको जग्गासम्बन्धी मन्त्रिपरिषदमा पठाउने एउटा फाइलमा टिप्पणी उठाएका आधारमा सीआईबीले राउतलाई अनुसन्धानमा तानेको थियो। मन्त्रिपरिषद्ले २९ चैत २०६६ मा ‘प्रधानमन्त्री निवास विस्तार’ गर्ने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।