ताजा अपडेट »

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो

शनिबार, ०९ भदौ २०८०, १३ : २१
54 Shares
शनिबार, ०९ भदौ २०८०
54 Shares

काठमाडौं । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।

उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर पुगेका थिए । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भने ।

एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।