ताजा अपडेट »

आफै प्रमुख अतिथी भएको कार्यक्रमलाई 'बहिस्कार' गरेर निस्किनु पर्यो लुम्बिनीका मुख्यमन्त्री

शनिबार, ०९ भदौ २०८०, १० : ३८
30 Shares
शनिबार, ०९ भदौ २०८०
30 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जस्तोसुकै कार्यक्रममा सहभागी हुँदाको परिणाम बहिस्कार गरेर बाहिरिनु परेको छ । रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह प्रमुख अतिथी बनेर उपस्थित भएका मुख्यमन्त्री चौधरी कार्यक्रम बहिस्कार गरेर बाहिरिएका हुन् ।

कार्यक्रममा आयोजकले विदेशी राष्ट्रिय गान बजाएको भन्दै चौधरीले बहिस्कार गरेर बाहिरिएको उनका प्रेस सल्लाहकार गोपल भट्टराईले बताए । यसरी मुख्यमन्त्री जस्तो व्यक्ति जस्तोसुकै कार्यक्रममा सहभागी हुने तथा उनको सचिवालयले कार्यक्रम छनोटमा गरेको कमजोरीका कारण यस्तो अवस्था आएको भन्दै विभिन्न व्यक्तिहरुले उल्टै मुख्यमन्त्रीको आलोचना गरेका छन् ।

नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रमबाट बाहिरीएका थिए । नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्किएको मुख्यमन्त्री चौधरीले प्रतिक्रिया दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।