ताजा अपडेट »

व्यक्तिको जग्गामा प्रवेश र धरपकड नगर्न हर्क साम्पाङलाई अदालतकाे आदेश

शुक्रबार, ०८ भदौ २०८०, १४ : ३२
18 Shares
शुक्रबार, ०८ भदौ २०८०
18 Shares

विराटनगर ।  उच्च अदालत विराटनगरले सुनसरीस्थित धरान उपमहानगर पालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)लाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । 

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।

यसअघि पनि अदालतले सोही आदेश दिएको थियो । जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि व्यक्तिको जमिनमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो । 

धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।

गत सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको थियो ।   उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिए । 

अधिकारी दम्पतीलाई पक्राउ गर्न मेयर साम्पाङले प्रहरीलाई दबाब दिएपछि उनीहरु पुनः अदालत गएपछि दोस्रोपटक सो आदेश आएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।