ताजा अपडेट »

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान: गुल्मीको मालिका गाउँ कमिटी बैठक

विहीबार, ०७ भदौ २०८०, १७ : ०५
104 Shares
विहीबार, ०७ भदौ २०८०
104 Shares

गुल्मी । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत मालिका गाउँपालिका गुल्मीको गाउँ कमिटी बैठक सम्पन्न भएको छ । सो पार्टीका मालिका गाउँ कमिटि अध्यक्ष प्रेम भट्टराईको अध्यक्षता नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा सोही पार्टीका लुम्बिनी प्रदेश सरकारका प्रमुख सचेतक जोखबहादुर महराको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय सदस्य निमकान्त डाँगीको विशेष आतिथ्यता रहेको थियो । प्रदेश सचिवालय सदस्य ज्ञान कुमार बुढा, प्रदेश सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, प्रदेश कमिटी सदस्य तथा मालिक गाउँपालिका अध्यक्ष देविराम अर्याल, प्रदेश निर्वाचन क्षेत्र अध्यक्ष सूर्य बहादुर बुढा तथा सो पार्टीका जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

बैठकमा कार्यकर्ताहरुले भष्ट्रचार विरुद्धको अभियानले कार्यकर्ता र जनस्तरमा ठुलो उत्साह आइरहेको बेला विभिन्न राजनैतिक दलका नेताहरुले आफ्ना मान्छे बचाउका लागि अनेकन बहानाबाजी गरेको, विभिन्न माग गर्दै भाँजो हाल्ने लगायतको प्रवृतिबाट सरकार पछि हट्न खोजेकोप्रति निराशा छाएकोे गुनाँसो गरेका थिए । बैठकमा सहभागी नेताहरुले भदौ १६ गते देखि सुरु हुन गइरहेको ‘जनतासँग ‘माओवादी विशेष रुपान्तरण अभियान’ मा केन्द्रीत हुन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

यहि भदौ १६ गते देखि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । माओवादी केन्द्रबाट नेता महरा सहित केन्द्रीय सदस्यहरु कमल चुँदाली, भविश्वर तिवारी, गुल्मी जिल्लाका पूर्व इन्चार्ज निमाकान्त डाँगी र प्रदेश कमिटि सहसचिव पार्वती विक तीन महिने अभियानका लागि गुल्मी जिल्लामा खटिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।