ताजा अपडेट »

फोहोरमैला व्यवस्थापनमा पालिकालाई सघाउन सांसद घिमिरेको आग्रह

विहीबार, ०७ भदौ २०८०, १४ : ५१
14 Shares
विहीबार, ०७ भदौ २०८०
14 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले फोहोरमैला व्यवस्थापन गर्ने ठाउँको व्यवस्थापनमा स्थानीय सरकारलाई यथोचित सहयोग र नीतिगत निर्णय गर्ने कार्यमा तदारुगता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन्। संसदको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले कतिपय पालिकाहरुले फोहोरमैला संकलनमा प्रभावकारी काम गरे पनि त्यसको व्यवस्थापन कार्यमा सधैं उल्झन खेपिरहनु परेको उल्लेख गरे ।

‘फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ नपाउँदा धेरैजसो पालिकाहरुलाई यो सधैंको टाउको दुखाइको विषय बनिरहेको छ । फोहोरमैला व्यवस्थापनलाई स्थानीय सरकारको जिम्मेवारी मात्र ठानेर यो विषयमा संघीय र प्रदेश सरकार मुखदर्शक भएर बस्न मिल्दैन ।’ उनले भने । स्थानीय सरकारले संघ तथा प्रदेशसँगको सहकार्यमा वन, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी कार्य गर्ने कानूनी व्यवस्था छ ।

नेपालको संविधानले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको बताउँदै सांसद घिमिरेले फोहोरमैला व्यवस्थापनः स्वच्छ र स्वस्थ वातावरण निर्माणको अनिवार्य सर्त रहेको समेत उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।