ताजा अपडेट »

कोशीका मुख्यमन्त्री थापा विरुद्धको रिटमा आज सुनुवाई

विहीबार, ०७ भदौ २०८०, ०९ : १४
74 Shares
विहीबार, ०७ भदौ २०८०
74 Shares

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

कोशी सरकारका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

बुधवार नेता कार्कीले प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।