ताजा अपडेट »

बारामा तीर्थ हिँडेको बस दुर्घटना : ७ जनाको मृत्यु, १७ घाइते

विहीबार, ०७ भदौ २०८०, ०९ : ०३
14 Shares
विहीबार, ०७ भदौ २०८०
14 Shares

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपटीका विजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, सत्यवती, राजेन्द्र चतुरवेदी, श्रीकान्त चतुरवेदी, बैजन्ती देवी, मिरा देवी र विजयलाल पण्डित रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसमा सबार १७ यात्रु घाइते छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सह-चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

घाइते हुनेहरूमा भारत राजस्थानका काघनश्याम चतुरवेदी, महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाउँपालिका जनकपुरका वर्षका घुरन मण्डल, महोत्तरी लोहारपटी नगरपालिकाका जसबेन्दर पासवान र भारत राजस्थान बस्ने माया देवी रहेकी छन् ।

यस्तै सोही ठाउँका अनिल कुमार, तारावती चतुरवेदी उनकै नातिनी कृत्तिका चतुरवे, श्याम लाल माली, हरवारी माली र चौथी देवी रहेका छन् ।

त्यसै गरी भारत राजस्थानकै सुरेश चन्द्र चक्रवर्ती, राम प्रसाद, धरम सिंह, इन्दु धाकड, गर्बिदा चतुरवेदी र राम कुमार चतुरवेदी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।