ताजा अपडेट »

कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउने तयारी, अधिवेशनको अन्त्य

विहीबार, ०७ भदौ २०८०, ०७ : २४
95 Shares
विहीबार, ०७ भदौ २०८०
95 Shares

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारीका लागि सरकारले प्रदेशसभा  अधिवेशन अन्त्य गरेको हो । 

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेकपा (एमाले) नेत्तृत्वको तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत् बजट ल्याएको थियो । यसर्थ, भदौ १० भित्रमा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता अहिलेको सरकारलाई थियो ।

मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने भएका छन् । नेपाली कांग्रेसका उनी गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले सदन बहिस्कार गरेपछि सरकारले अधिवेशन अन्तयको सिफारिस गरेको थियो ।

सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने बेलामा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेको विरोधमा बुधवार एमाले र राप्रपाले प्रदेशसभा बैठक बहिष्कार गरेका थिए ।  

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले पनि अधिवेशन अन्तय गरेर जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएका थिए । त्यतिबेला प्रतिपक्षमा कांग्रेस थियो । सो समयमा प्रमुख प्रतिपक्ष दलका नेता रहेका हालका मुख्यमन्त्री थापाले ‘हामीले पनि यसरी नै बजेट ल्याउने थियौँ’ भनेका थिए ।

थापा नेतृत्वको सरकारविरुद्ध एमालले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । त्यसको पेशी आजका लागि तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।