काठमाडौं । नेपाल शारिरीक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ५५औं एसियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको जनाएको हो ।
महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रतियोगितामा हाल सम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरुले सहभागिता निश्चित गरिसकेको जानकारी दिए । एशियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिष्पर्धा आयोजना हुने र एशियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिष्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको उनको भनाई छ ।
उनले भने,यस प्रतियोगितामा हाल सम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरुले सहभागिता जनाई सकेको छ । एसियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिष्पर्धा आयोजना गर्दैछौ, एसियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिष्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिष्पर्धा समेत समावेश गरिएको छ । ’ सात दिन सम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी दर्ता गरिने महासंघले जनाएको छ । । युवा तथा खेलकुद मन्त्रीको उपस्थितिमा भदौ १८ गते प्रतियोगिताको समुद्घाटन सत्र रहने छ ।
उक्त दिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ उक्त दिन १४ जना नेपाली खेलाडीहरुले ८ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् । भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन २४ जना नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।यस्तै भदौ २० गते ९ वटा विधामा प्रतिष्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् ।
सोहि दिन शारिरीक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच प्रतिष्पर्धा गराई मिष्टर एशिया २०२३ को घोषणा गरिने छ । प्रतियोगिताका लागि आधिकारिक होटल याक एण्ड यति र र्याडिसन होटल रहेका छन् भने प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने आयोजनले जानकारी दिएका छन् ।
प्रतिक्रिया