ताजा अपडेट »

नेप्से सूचक २९.४७ विन्दुले बढ्याे

बुधबार, ०६ भदौ २०८०, १५ : २९
22 Shares
बुधबार, ०६ भदौ २०८०
22 Shares

काठमाडौ । सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ । ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 नेप्से सूचकले १९९० आसपासको विन्दुलाई बटम बनाएर फर्किएपछि सकारात्मक माहोल देखिएको हो । यसअघि २२ सय भन्दा माथि पुगेको बजार मौद्रिक नीतिपछि भने निरन्तरजसो घटेको यियो ।

 यसरी घटेको बजार सोमबार २ हजार विन्दुभन्दा पनि तल झरेको थियो । त्यसपछि भने बजार बाउन्स ब्याक भएको हो ।

यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र आइएमई लाइफ इन्स्याेरेन्स परेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।