ताजा अपडेट »

रुकुम पश्चिमबाट दाङ आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना, दुई जनाको मृत्यु

सोमबार, ०४ भदौ २०८०, १८ : २८
24 Shares
सोमबार, ०४ भदौ २०८०
24 Shares

दाङ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाईस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी ६० बर्षीय कमारो कामी र दार्मा गाउँपालिका २ सल्यानका ३६ बर्षीय ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परि अन्य १३ जना घाईते भएका छन् । ति मध्ये एक जनालाई उपचारकालागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ ।

अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

लु २ ख ५७३१ नम्बरको यात्रु बहाक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका – ३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।