बारा । बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१ बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन् । भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन् ।
सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आबद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात परेको उनले जानकारी दिए ।
नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई रहेको छ । केही बिमा संचालकका अनुसार यो परिणाममा भएको बिमा नेपालमा मात्र नभई विश्वमानै पहिले इतिहास हुन सक्ने अनुमान गरेका छन् ।
यता तिमल्सिना र उनका टिमले यो सफलतालाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउनका निम्ति पहल सुरु गरेको बताइएको छ ।
प्रतिक्रिया