ताजा अपडेट »

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ हजार ११ जनाको आवेदन रद्द

सोमबार, ०४ भदौ २०८०, १० : ५०
22 Shares
सोमबार, ०४ भदौ २०८०
22 Shares

काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सर्वसाधारणलाई जारी गरिएकोआईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख २७ हजार ६६२ जनाले सेयर हात पारेका छन् । यो आईपीओका लागि कुल १३ लाख १६ हजार ५२९ जनाले आवेदन दिएकामा ५ हजार ११ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । 

बाँकी १३ लाख ११ हजार ५१७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले साउन २८ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । 

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक बीओके क्यापिटल र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरो सेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।