ताजा अपडेट »

मंगलबारसम्मका लागि संसद बैठक स्थगित

आइतबार, ०३ भदौ २०८०, १५ : २५
66 Shares
आइतबार, ०३ भदौ २०८०
66 Shares

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ । 

आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको छ ।

 सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।