ताजा अपडेट »

बालविकास शिक्षकको योग्यता माध्यमिक तह अनिवार्य

सोमबार, १३ माघ २०७६, ०८ : ५६
26 Shares
सोमबार, १३ माघ २०७६
26 Shares

माघ १३ ,

काठमाडौं सरकारले प्रारम्भिक बालविकास केन्द्रमा पठनपाठन गराउने शिक्षक एवं सहजकर्ताको शैक्षिक योग्यतामा माध्यमिक तह अनिवार्य गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अबदेखि जो–कोहीले प्रारम्भिक बालकक्षामा पढाउने पाउने छैनन्। बाल विकासका शिक्षक वा सहजकर्ताको शैक्षिक योग्यता कम्तीमा माध्यमिक तहको कक्षा १० उत्तीर्ण हुनुपर्ने अनिवार्यता गरेको छ।

हाल यो तहमा कक्षा पाँच पास भएका महिलाहरूले समेत बालबालिकालाई पठनपाठन तथा सहजीकरण गराउँदै आएका छन्। कम योग्यताका शिक्षक भएका कारण पनि सार्वजनिक विद्यालयमा सञ्चालित प्रारम्भिक बाल विकास कक्षा (इसिडी) प्रभावकारी हुन सकेको छैन। यति मात्र होइन कम शैक्षिक योग्यता भएकाहरूले बालबालिकाहरूको समग्र विकासमा समेत नकरात्मक असर पार्दै आएको अभिभावकहरूको अनुभव छ। यस्तो अवस्थामा इसिडीका शिक्षकहरूको शैक्षिक योग्यता कम्तीमा १० पास अनिवार्य गर्नु बालबालिकाको हितमै भएको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन्।

‘इसिडी भनेको बालबालिकाको प्रारम्भिक शैक्षिक जग हो, त्यही भएर यो तहमा कक्षा १० मात्र होइन विद्यावारिधि गरेकै शिक्षक आवश्यक पर्छ,’ कँडेलले नागरिकसँग भने, ‘हामीकहाँ त स्नातक पासले इसिडी कक्षामा बालबालिकालाई सिकाउने गर्नुभएको छ। तर सरकारले इसिडीको तलब ६ हजार मात्र दिएको छ। यस्तोमा काम गर्नेको मनमा हिन भावना उत्पन्न हुनुसक्छ। यस्तो कमजोर मानसिकताले काम राम्रो हुँदैन। त्यही भएर हाम्रो स्कुलले आइएलओको नियमअनुसार तलबको व्यवस्था गरेको छ।’ -नागरिक दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।